logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पूर्व फुटबलर बार्ट विलियम्सको ४९ वर्षको उमेरमा निधन


  • जन आकाश
  • मंगलबार, साउन ९ २०८०

काठमाडौँ । इङ्लिस फुटबल क्लब सेफिल्ड वेड्नसडेका र नटिङ्घम फरेष्टका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधन भएको छ । बार्ट विलियम्सको ४९ वर्षको उमेरमा अमेरिकामा निधन भएको उनको पूर्व क्लब सेफिल्ड वेड्नसडेले जनाएको छ ।



पछिल्लो समय उनी अमेरिकामा प्रशिक्षकको भूमिकामा सक्रिय थिए । ‘क्लबका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधनबाट हामी स्तब्धस् भएका छौं,’ सेफिल्ड वेड्नसडेद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

बार्ट विलियम्सले आफ्नो खेलजीवनको सुरुआत लेटन ओरियन्टबाट गरेका थिए । त्यसपछि सन् १९९१ मा उनी सेफिल्ड वेड्नसडेमा आबद्ध भएका थिए । सन् १९९५ सम्म उक्त क्लबमा रहँदा बार्ट विलियम्सले एक सय खेल खेलेका थिए ।

उनी सन् १९९५ मा नटिङ्घम फरेष्टमा आबद्ध भएका थिए । सन् २००२ सम्म उक्त क्लबमा रहँदा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । बार्ट विलियम्सको निधनको समाचार सार्वजनिक भएपछि विभिन्न क्लबका पदाधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकहरूले उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनको कारण भने खुलाइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend