logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो


  • जन आकाश
  • बुधबार, साउन १० २०८०

काठमाडौ । सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर,आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा श्रावण महिनादेखि समायोजित मूल्य लागु भएको छ ।



टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केहीकम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटसर््को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कमखर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको सिप्रदीले सार्वजनिक गरेको छ ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आईरहेको छ ।

अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।

सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ४१ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तिय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । सन् १९८२ देखि टाटा मोटर्स्को एक मात्र बिक्रेता सिप्रदी टेड्रिङ्ग ISO 9001:2015 प्रमाणित कम्पनी हो ।

सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रि वितरण गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्रि कार्यालयहरु र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन् । साथै देशभर २६९ वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।

हाल नेपालमा ईलेक्ट्रिक ट्याक्सीको रुपमा प्रयोग भईरहेको एक्सप्रेस टी निक्कै लोकप्रीय हुदै गईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend