logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘ क्यारी अन जट्टा ३’ सय करोड कमाउने पहिलो पन्जाबी फिल्म


  • जन आकाश
  • बुधबार, साउन १० २०८०

काठमाडौं । गायक गिप्पी ग्रेवाल र सोनम बाजवा अभिनीत फिल्म  ‘ क्यारी अन जट्टा ३ ’सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बनेको छ ।



भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मले विश्वव्यापी रूपमा सय करोड कमाएको हो । यो फिल्म भारतको ५६० स्क्रिनमा प्रदर्शन भइरहेको छ । असार १४ गतेदेखि भारतसँगै अन्य ३० देशमा पनि फिल्म प्रदर्शन भइरहेको छ ।

क्यारी अन जट्टा ३ पहिलो दिन सबैभन्दा धेरै कमाउने पन्जाबी फिल्म हो । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४ करोड ५० लाख भारू कमाएको थियो । अन्य पन्जाबी फिल्मको भन्दा यो दोब्बर कमाइ हो ।

यो फिल्मको बजेट १० करोड १२ लाख बताइएको छ । स्मिप कान्ग निर्देशित फिल्ममा गिप्पी र सोनमसँगै बिन्नु ढिल्लो, कविता कौशिक, शिन्दा ग्रेवाल, गुरप्रीत घुग्गीलगायत कलाकारको अभिनय छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend