logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान


  • जन आकाश
  • बिहिबार, साउन ११ २०८०

काठमाडौँ– अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान गरिएको छ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान ११ बजे बस्ने बताइएको छ ।



एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई बोर्ड बैठकमा छलफल गर्न एजेन्डासहित मिति, स्थान र समयको निर्धारण गरेका हुन् ।

बैठकका लागि विविधसहित ११ एजेन्डा तय गरिएको छ । एन्फाको विधानअनुसार एकसाता अघि नै अध्यक्षले एजेन्डा सहित बैठक र मिति टुंगो लगाउनु पर्ने प्रक्रिया छ ।

बैठकमा एन्फाको आपतकालिन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने, महिला फ्रेन्चाइज लिग, जिल्ला साथै सहिद स्मारक ‘‘ए’ ‘बी’ र ‘सी‘ डिभिजन लिगको नियमावली, लेखा परिक्षणका विषयमा छलफल हुनेछ ।

यस्तै, खरिद् तथा मुख्याङ्कन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचारको भुक्तानी, एन्फा कर्मचारीको सेवा सुविधा बृद्धि, थ्री नेसन्स कप विजेतालाई पुरस्कार र साफ यु१९ च्याम्पियनसिप आयोजनाबारे छलफल गरिने जानकारी गराइएको छ ।

पछिल्लो पटक एन्फाको आपतकालिन बैठक वैशाख २५ गते बसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend