जन आकाश
काठमाडौं । आफ्नो आँखाभरि नौलो सपना र मुटुभरी वेदना बोकेर ९ महिनासम्म गर्भमा हामीलाई हुर्काउने हाम्री आमा हाम्रो प्राणभन्दा प्यारी छिन ।
आफू निराशमा भए पनि हामीलाई कसरी खुसी बनाउने हरदम लागि पर्नु हुन्छ । यो धर्ती यहि आमाको माया, ममता र भरोसामा अडिएको छ । हाम्रो जिन्दगी सुख दुःख को एउटा परिस्थिति हो । माया भन्ने चिज जति टाढा रह्यो त्यति माया गाडा हुन्छ भन्छन् तर आमाको लागि टाढा नजिक एउटै शब्दको माया हुन्छ ।
माया त्यो हो जुन देखाउन सकिन्छ तर लुकाउन सकिदैन । जब हामी आमाको काखबाट टाढा रहन्छौ तब हाम्रो जिन्दगी एक्लो भएको महसुस हुन्छ । आमा भन्ने शब्द यति सुन्दर छ जुन आँखामा आएको आँसु पनि खुसीमा परिणत हुन्छ । त्यसैले हाम्रो लागि भगवान भनेकै हाम्री आमा हुन ।
छोराछोरीको प्रगतिको लागि रातदिन आफुले आफुलाइ हरपल मर्दासम्म पनि संघर्षकै यात्रामा जिन्दगी बिताएकी हुन्छिन । आफ्ना सन्तानप्रती सधै सकारात्मक भावना र विचार राख्ने हाम्रा यी हजारौं आमाहरु आज सन्तानका भबिस्यप्रती निकै चिन्ताजनक देखिन्छन् । आफ्ना हरेक दुख ,कष्टलाई भित्रभित्रै दबाएर सन्तानहरुको हरेक आवश्यकता पुरा गर्ने तर्फ लाग्छिन ।
केही अबुझ व्यक्तिहरुले यस्ता महान आमाहरुलाई अपहेलित तरिकाले हेरेका हुन्छन् । जब आफ्नो स्वार्थ पूरा हुन्छ तब आमा भन्ने शब्द नै बिर्सेको नाटक गरेका हुन्छन् । जुन बच्चालाई जन्म दिन,दिसा पिसाबलाई छि छ्या नभनी हुर्काइन , प्रगतिका पाइला सफल बनाउन रादिन खटेर , आफ्नै छोराछोरीका निम्ति आफुले आफुलाई आज मलाई सन्चो छैन , भोक लागेको छ भन्न पनि सक्दिनन् त्यही बच्चा जब आफुले आफुलाई म को हु भन्न थाल्छ त्यसैले बुढिसकालमा आफ्नो आमालाई हेला गरेको हुन्छ । आफ्ना सन्तानहरुका लागि दुखलाई दबाएर खुसी मागेकी हुन्छिन । हामिले सबै चीज नाप्न सक्छौ होला तर हाम्री आमाको मायालाई कसैले नाप्न सक्दैन ।
बुझ्नेलाई आमाले दिएको गाली लाई मायामा परिणत गरेका हुन्छन् । अरुको लाख भन्दा आमाकै काख प्यारो मान्छन् । आमा बिनाको जीवन टुहुराको परिस्थितिमा रुमालिएको हुन्छ । जब हाम्री आमा छन् तब सबै छ, छैनन् त शुन्य सरी भएको महसुस हुन्छ । आमा बिनाको जिन्दगी अधुरो र अपुरो सबैलाई लाग्छ । जसरी सुगन्धको लागी फुलको महत्त्व छ त्यसैगरी जिवन जिउनको लागि हाम्री आमाको महत्त्व छ । सगरमाथाले जसरी शिर उच्च गरि स्वाभिमानको पाठ सिकाउछ त्यसरी नै आमाले पनि सन्तानका लागि हरपल शिर उच्च नै राखेकी हुन्छिन् । आमाले दिएको मायालाई मैले कसरी अनुसन्धान त के बयान नि गर्न सक्दैन । आफुले हिलोमैलो सहेर भए पनि सन्तानलाइ सजाउने आमा हाम्रो आखाको नानी हुन । हाम्री आमाका ती निर्दोष आखाले हेर्दा त झनै हामीलाई स्वर्गमा पुगे सरी महशुस हुन्छ ।
सन्तानलाई जन्म दिने क्रममा कति आमा सहिद हुनुभएको छ । रातदिन मन्दिरमा गएर पुजा गर्नु भन्दा हरेक दिन आमाको पाउमा परेर आशीर्वाद लिनुपर्छ । यो संसारमा आफु नखाइ सन्तानलाई खुवाउने, दुस्खकष्ट सहेर हुर्काउने,न्यानो माया दिने,दियो जसरी आफु जलि हामिलाइ उज्यालो दिने आमा को ऋणलाई कहिल्यै पनि तिर्न सक्दैनौ । एक जन्ममा पाएको आमाको माया सधैं पाउन सकिदैन । आमा शीत रोएर जे पनि पाउन सकिन्छ तर अरु शीत भने भिक्षा माग्नुपर्ने हुन्छ । त्यसैले आमाको मायालाई कहिल्यै पनि कम्जोरको रुपमा लग्नु हुदैन । यो धर्तीमा आमा विनाको जीवन र सासविनाको धड्कनको के काम छ र १ जसरी एउटा गुलाफको फुलले सबैको मनलाई आकर्षण गर्छ त्यसरी नै आमाको त्यो मिठो मायाले आफ्ना सन्तानहरुलाई आकर्षण गर्दछ । त्यति मात्रै होईन आमाको मायाले जतिसुखै अप्ठ्यारो परे पनि सहानुभूति गराएको हुन्छ । आमा एउटा सामान्य शब्द भए पनि यो धर्तिमा बयान गर्न कठिनाइ छ ।
आमाको माया सबै ठाँउमा एउटै हो तर संघर्षको क्रममा हुम्ली अथवा कर्णाली आमाहरुको बेक्लै छ । आज म टाढा छु आमा भन्दा,कालो गोरो थाहाँ नहुने म एउटा व्यक्तीलाई आज आमाले त्यही मायाले नै आफ्नो बारेमा लेख्न सक्ने बनाउनु भएको छ । आज सम्झिन्छु,मलाई संसार देखाउने मेरि आमा बिहान नहुदै हातमा बन्चरो पिठिउमा ढोको कुन्डमा एउटा रोटि बानेर बनमा जाने मेरि आमा बिना संसार अधुरो छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend