logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड्स १-१ को बराबरीमा खेल्दै


  • जन आकाश
  • बिहिबार, साउन ११ २०८०

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका र नेदरल्याण्ड्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।



न्युजिल्याण्डको वेलिङ्गटन स्टेडियममा बिहीबार भएको खेलमा अमेरिकाले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बराबरी गरेको हो । खेलको १७ औं मिनेटमै जिल रुर्डले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन ।

साविक विजेता अमेरिकाका लागि लिन्ड्से होरानले ६२औं मिनेटमा गोल गरे । बराबरीपछि समूह ईमा दुवैको समान ४ अंक छ । गोलअन्तरमा अमेरिका शीर्ष स्थानमा छ । दुवैले यसअघिका खेल जितेका थिए । यसअघि अमेरिकाले भियतनामलाई ३-० ले तथा नेदरल्याण्ड्सले पोर्चुगललाई १-० ले हराएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend