logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

‘नखरा कबूल’ विद्युतीय तरङ्गमा


  • जन आकाश
  • आइतबार, साउन १४ २०८०

काठमाडौ । सबाईकार तथा गीतकार नारायण नेपालको पछिल्लो सिर्जना ‘नखरा कबूल’ विद्युतीय लहरमा तरङ्गित छ ।



मुटु साटेर माया लाएपछि विश्वास पनि गर्नसिक्नुपर्छ र प्रतिक्षा पनि गर्नुपर्ने हुनसक्छ भन्ने भावको उक्त प्रेमिल गजल जानेमाने व्यवशायी तथा गायक विकास राणाको स्वर अनि चर्चित सङ्गीतकार शशीविक्रम थापाको सङ्गीतमा छ ।

विनोद भुजेलको सङ्गीत संयोजन अनि निकेश खड्काको निर्देशन रहेको यस गजलमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पुष्प खड्कालगायतलाई देख्नसकिने छ ।

बुद्ध थापाको छायाँकन रहेको विडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । गीतकार नेपाल एन्जो मेन्जो, अझै किन, सग्लो थियो, आह्लाद ई नजरमा, हल्का पागल, कालो-कालो चस्मा लाउने, देउरालीको साइँजस्ता गीत-गजलका लागि चिनिनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend