जन आकाश
काठमाडौं । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरिएको हो । सागर आले मगर र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा सलोन बस्नेत र केकी अधिकारी फिचर्ड छन् । गीतमा शब्द तथा संगीत सागर आले मगरकै छ ।
टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।
राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend