logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली सेना घटाउने देश खाली गराउने मिसन जारी


  • जन आकाश
  • सोमबार, साउन १५ २०८०

नेपालमा सेना घटाउने नेपाल देश खाली गराएर मरुभुमिमा परिणत गराउने बिदेशी योजनाको प्रष्ट रुप सदनमा देखिएको छ । नेपालको आर्थिक भार घटाउने नाममा सदनमा जुन खालका अभिव्याक्तिहरु आईराखेका छन् । यो निन्दनीय छ । नेपाल साच्चै भन्नुपर्दा राणाकालीन युगमा आत्मनिभर थियो हत्तियार आफै बनाउथ्यो । गोली आफै अत्पादन र्गथ्यो । सेनाले बढाइका लागि प्रयोग गर्ने तोप आफै बनाउथ्यो । तोपमा प्रयोग हुने बारुद आफै बनाउथ्यो ।



रामेछापको ठोसेमा र ललितपुरको फुलचोकीमा फलाम खानीवाट फलाम निकालेर बन्दुक बनाउथे र त्यही बन्दुकको साहायताले नेपाली सेनाले भोट युद्ध जितेका थिए । भोटलाई जितेर नेपालले किर्तिमान कायम गरेको थियो । पछि चीनले भोटलाई सहयोग गरेको कारण भोटसँग युद्ध गरेर नेपालले जितेको भु–भागहरु नेपालले रक्षा गर्न सकेन । त्यही चीनलाई हामी मित्र राष्ट्र मान्न बाध्य छौ । किनकी हाम्रो सीमाना भारत चीन वाहेक अन्तराष्ट्रियस्तरमा कतै जोडिएको छैन । हामी भारत र चीनले घेरिएका छौ । भु–परिवेष्ठितको अधिकार संयुक्त राष्ट्रसंघको कागजमा मात्र सिमित छ ।

आज समय फेरिएको छ । साम्रज्य फैलाउने अभियानमा लागेको अमेरिकालाई टक्कर दिदै चिनले पनि आफ्नो साम्राज्य फैलाउने व्यापारिक तरिकावाट अग्रसरता कायम गरिरहेको छ । त्यसैगरी भारतले क्षेत्रिय शक्तिको रुपमा देखाउन बेला बखत हर्कत देखाउदै गएको छ ।

नेपाल देशलाई अस्थिरतामा धकेलेर सधै परनिर्भर बनाउने नीति अन्र्तगत डाक्ट्रिन पोलिसी लागु गरेको भारतले भारतमा नै स्थापना गरिदिएका नेपाली काँग्रेस, एमाले, पछि माओवादी जस्ता पार्टीेहरु जन्माईदिएर नेपाललाई उसैले भनेको मान्ने बनाएको थियो । विगत ४० बर्ष देखि भारतले स्थापना गरिदिएका पार्टीहरुको सरकार नेपालमा छ । नेपालमा व्यापार गर्ने भारतीय मुलका नेपालमा अवैध नागरिता लिएका मारवाडीहरुको बाहुल्यता छ । तिनैको बैक, हस्पिटल, स्कुल, कलेज, टे«डिङ, उद्योग छ । राजनीतिक पार्टीहरुलाई चलाउने यिनीहरुनै हुन् । कुन पार्टीलाई कति चन्दा दिने र कुन नेताले ब्यापारीले भनेको मान्छ त्यसलाई चुनावको वेला ठुलो मात्रमा चन्दा दिने र त्यसैलाई जिताउने पछि चुनाव जितेपछि अवैद्य काम गर्न त्यो चुनाव जितेर सरकारमा पुगेको नेतालाई व्यापारिको समूहले काम गर्न लगाउने गरेका छन् । त्यो संसद, मन्त्री त्यस्तो नाजायज काम गर्न बाध्य हुने गर्दछन् । त्यस्तै अहिले सदनमा नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर अभिव्याक्ति दिने संसदहरुले चुनावताका चुनाव जित्न रक्सि, मासु, पैशा वाडेर चुनाव जितेकाहरुले ति विदेशी शक्तिले नेपाली ब्यापरि मार्फत अप्रत्यक्ष पैशा लिएका हुनुपर्छ । त्यसैको परिणाम हो ।

नेपालका युवा पुस्तालाई नेपालमा केही गर्न सकिदैन सम्भावनाहरु केही छैनन् भन्ने अवस्थामा पु¥याउन ल्याइएको प्रजातन्त्र नामको व्यवस्थाले नेपालमा भएका उद्योग कलकारखाना सवै बन्द गराएर, केही निजीकरण गरेर सकेको संसारलाई थाहा छ । नेपालमा जव प्रजातन्त्र स्थापना भयो त्यतिवेला नै भद्रकाली मिश्र जो नेपाली काँग्रेसका नेताले त्यतिवेला नै नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर अभिव्याक्ति दिएका उदारण छन् । त्यसैगरी वेला बखतमा विदेशी मिसनमा काम गरिरहेका नेपाली नागरिता बोकेर अनुहार नेपाली देखिने कुनियत भएका पात्राहरुले नेपाल राष्ट्रको रक्षाको लागि गौरवपुर्ण ईतिहास बोकेको नेपाली सेनाको संख्या घटाउने र अनर्गल नेपाली सेनालाई अनेक खालका भ्रम पैदा गर्ने खालका काम गराउदै आएका छन् । भुमिगत कालवाट शान्ति प्रक्रियामा आएका नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले पनि एक कार्यक्रममा सेना घटाउने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, “नेपाली सेनाको संख्या दश हजारभन्दा बढी राख्न जरुरी छैन । नेपाली सेनाले युद्ध गर्नुप¥यो भने न भारतलाई जित्छ । न चीलालाई र नेपाल कसैसँग पनि युद्ध गर्न जरुरी नै छैन ।” भनेका थिए ।

यस्ता गैर जिम्मेवार भएर राष्ट्रलाई असर पु¥याउने काम कोही कसैवाट हुनुहुदैन । नेपाली सेना राष्ट्रलाई आवश्यक पर्दा तयारी अवस्थामा राख्नुपर्छ । सवै क्षेत्रमा निरासा पैदा भएर देशवाट नेपाली समुदाय पलायन भईरहेको वेलामा नेपाली सेना पनि घटाउने हो भने नेपालमा नेपाली समुदायको संख्या आदी खाली भइसकेको छ । सेना पनि घटाउदा देशै खाली हुने र चीन र अमेरिकाको बम, बारुद्ध पडकाउने ति सेनाहरुलाई भारतले खाद्यन्न बेच्ने देशको रुपमा पु¥याउने काम हुन लागेको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालले बरु नेपालमा नै हत्तियार उत्पादन गर्ने सैनिकहरुको क्षमता विकास गर्ने आधुनिकीकरण गर्ने, विश्व परिवेशमा भईरहेका युद्ध, शान्ति सेनामा गएर लिएको अनुभव नेपाली समुदायमा राख्ने जस्ता विकासका काममा समेत सैनिको भुमिका हुदै आएको छ । त्यसलाई अझै बढाएर राष्ट्रको विकास र जनता बीचमा नेपाली सेनाको भुमिका बढाउनुपर्ने देखिन्छ ।

यसो गर्न सकिएन र सैनिक घटाउने कुपात्राहरुको पछि लागेर नेपालको अस्तित्व समाप्त पार्नेतिर अग्रसर हुदै जाने हो भने विश्वका नेपालीहरुको आस्थाको घरोहर नेपाल देश सकिने वित्तिक्कै त्यो सेनाको संख्या घटाउनुपर्छ भन्ने पात्रको पनि त अस्तित्व समाप्त हुन्छ होला नि कि कसो ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend