logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महिला विश्वकप २०२३ : समूह चरणबाटै बाहिरियो ?


  • जन आकाश
  • सोमबार, साउन १५ २०८०

काठमाडौं । वेलिङटन  सह–आयोजक रहेको न्युजिल्यान्ड महिला विश्वकप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । आइतबार समूह ‘ए’ को खेलमा स्विजटरल्यान्डसँग गोलरहित बराबरी खेलेपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो ।



स्विट्जरल्यान्ड तीन खेलबाट पाँच अंकसहित शीर्षमा रह्यो । समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० ले हराएपछि ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । न्युजिल्यान्डको पनि समान चार अंक भए पनि गोल अन्तरले पछाडि रहेकाले समूह चरणबाटै बाहिरिनुपरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend