logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडा अटो शो २०२३ को लागि लक्की ड्र सम्पन्न


  • जन आकाश
  • मंगलबार, साउन १६ २०८०

काठमाडौ । मिति २०८० श्रावण १४ गते नाडाले वल्ड ट्रेड सेण्टर, काठमाण्डौको त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ ।



नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ भन्दै नाडाका अध्यक्षले खुशी ब्यक्त गरेका थिए । नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन सकेको थिएन ।

दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायर टयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । जसमध्ये चारपाँगे्र सवारी साधन १७, दुई पाँगे्र २३ ,कमसियल सवारी साधन ६, बैक तथा वितिय निकायहरु ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताका साथ नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय केही चलायमान हुने अपेक्षा राखिएको छ । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुदैछ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने आयोजकको भनाई छ ।

प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा गरिएको छ । त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्विस प्रा.लिले गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend