logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नयाँ हेयर स्टाइलमा गौरी मल्ल


  • जन आकाश
  • मंगलबार, साउन १६ २०८०

काठमाडौं । कलाकार आफूलाई मनपर्ने गेटअप र हेयर स्टाइलमा देखा परिरहन्छन् । कोही छायांकन भइरहेको फिल्मको क्यारेक्टर लुक्समा हुन्छन् त कोही आफ्नो रुचिअनुसार फेसनलाई ढालिरहेका हुन्छन् । कोहीले शारीरिक परिस्थितिअनुसार पनि स्टाइललाई फलो गरिरहेका हुन्छन् ।



यसैबीच, अभिनेत्री गौरी मल्लको नयाँ हेयर स्टाइल सहरमा चर्चाको विषय बनिरहेको छ । केही दिनअघि एक ब्युटी सैलुनको उद्घाटनमा पहिलोपटक गौरी यस्तो क्रिउकट भनिने हेयर स्टाइलमा देखिएकी थिइन् । पहिलोपटक उनी यस्तो स्टाइलमा देखिएकी हुन् ।

यसबारे उनलाई जिज्ञासा राखिएको थियो । के तपाईंले कुनै फिल्म वा प्रोजेक्टको छायांकनका लागि कपाल कटाउनु भएको हो ? गौरीले क्यारेक्टर लुक्स नभएर यस्तो स्टाइलमा देखिने आफ्नो पहिलेदेखिकै रुचि भएकाले यस्तो हेयर-स्टाइल बनाएको बताइन् । ‘कुनै क्यारेक्टर लुक्स होइन । मेरो आफ्नै रुचि हो,’ उनले भनिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend