जन आकाश
काठमाडौं । भारतले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको तीन खेलको एकदिवसी सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा २ सय रनको जित निकाल्दै भारतले सिरिज जितेको हो ।
यसअघि पहिलो खेल भारतले जित्दा दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । मंगलबार पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३५१ रन जोड्यो । भारतका लागि इशान किसनले ७७ रन र शुभमन गिलले ८५ रन जोडे यस्तै सन्जु सामसनले ५१ रन र हार्दिक पाण्ड्याले नटआउट ७० रन बनाए ।
३५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ ओभरमा १५१ रन जोड्यो । वेस्ट इन्डिजका लाग अथानेजले ३२ रन र गुडाकेशले नटआउट ३९ रनको योगदान गरे । बलिङमा भारतका शार्दूल ठाकुरले ४ विकेट र मुकेश कुमारले ३ विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend