logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

फिल्म हिँड्दा हिँड्दैको ट्रेलर सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन १७ २०८०

काठमाडौं । मिलन आलेमगरले निर्देशन गरेको फिल्म ‘हिँड्दा हिँड्दै’ को ट्रेलर सार्वजनिक भएको छ ।



मंगलबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ ।

सुशिल पंगेनीको लेखन तथा निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ, रेखा शाह, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङलगायत कलाकारको अभिनय छ । यो रेखा शाहको डेब्यू फिल्म हो ।

नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राज लामा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सह -निर्माता रहेको फिल्मको छायांकन सुमनकुमार तन्डुकारले गरेका हुन् ।

फिल्ममा ताराप्रकाश लिम्बु र किरणमाइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ। यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend