जन आकाश
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ओ ‘माइ गड २ ‘ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ ।
यसअघि फिल्ममा अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिने बताइएको थियो । भारतीय फिल्म सेन्सर बोर्डले उक्त कुरामा आपत्ति जनाएपछि उनलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको हो । साथै फिल्ममा केही संवाद र दृश्य पनि परिमार्जन गरिएको छ ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकज सँगै यामी गौतमको मुख्य भूमिका छ । यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend