जन आकाश
काठमाडौं । भारतविरूद्धको पहिलो टी-२० खेलमा घरेलु टिम वेस्ट इन्डिजले ४ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको भारतले ९ विकेटको क्षतिमा १४५ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा भारतलाई जितका लागि १० रन चाहिएको थियो । जसमा वेस्ट इन्डिजका सेफर्डले भारतका कुलदिप यावदलाई पहिलो बलमै बोल्ड गरे ।
त्यसपछि युजभेन्द्र चहलले दोस्रो बलमा १ रन लिँदा तेस्रो बलमा अर्शदिप सिंहले दुई रन लिए । चौथो बल डट भयो पाँचौ बलमा अर्शदिप दुई रन लिने क्रममा रनआउट हुँदा अन्तिम बलमा ६ रन चाहियो। जसमा मुकेस कुमारले १ रन मात्र लिन सके ।
त्यसअघि भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ३९ रन जोडे भने ओपनरद्वय इशन किसन ६ रन र शुभमन गिल ३ रनमा आउट भए । बलिङमा वेस्ट इन्डिजका ओबेड म्याककोए, जासन होल्डर र सेफर्डले २- विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १४९ रन जोड्यो उसका लागि निकोलास पूरनले ४१ रन र कप्तान रोभमन पावेलले ४८ रन जोडे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend