logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिमसिमे पानी बोलको गीत चर्चाको शिखरमा


  • जन आकाश
  • आइतबार, साउन २१ २०८०

बिनोद कार्की । 



काठमाडौ । पछिलो समय नेपाली सागीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सागीतिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजनिक गरेका छन् । सोही क्रम्मा  गोबिन्द पंगिनीको शब्द रहेको सिमसिमे पानी बोलको गीत बजारमा सार्वजानिक भएको छ ।

सोही गीत दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ । गीतमा स्वर गोबिन्द पंगिनी र किरण श्रीपालीको रहेको छ । भिडियो निर्देशक समिर रामदमले गरेका छन , भने म्युजिक यारेन्ज पूर्ण सम्योगको रहेको छ । गीतमा सराड याल्जे र प्रिती तामाङको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।

बर्खाको समयमा मायाँ पिरतीलाई समेटेर बनाइएको यो गीत सुन्दा निकै आन्नद आउने गाउँघर छोढे्र जति टाढाँ गएपनि यो गित सुन्दा गाउँघरको याद दिलाउँने दु:ख सु:खमा सुन्ने गीत बनेको छ । उक्त गीत खरो मिडियाको युटुब च्यानलबाट सार्वजानिक भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend