logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतको हैदरावादमा नेपालले जित्यो २२ स्वर्णसहित ६२ पदक


  • जन आकाश
  • सोमबार, साउन २२ २०८०

काठमाडौ । नेपालले आईटीएफ अन्तराष्ट्रिय तेकान्डोमा २२ स्वर्ण सहित ६२ पदक प्रप्त गरेको छ । शुक्रवारबाट आईतवारसम्म भारतको हैदरावादमा भएको खेलमा दक्षिण एसियाली आईटीएफ तेकान्डो प्रतियोगितामा उक्त अन्तराष्ट्रिय पदक प्राप्त गरेका हुन् ।



नेपालले बङ्गलादेश, अफगानिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपालवाट गएका खेलाडी मध्य स्वर्ण पदकधारी रामेछापको खाँडादेवी गाउँपालिकाका निर्मल लामा स्पाइरिङ तर्फ तौल समूह (५५(६०) स्वर्ण पदक, रोशन घिसिङ स्पाइरिङ तर्फ तौल समूह (५०(५५) रजत पदक जितेका हुन् ।

त्यस्तै सुनापती गाउँपालिकाका अनिल खड्का स्पाइरिङ्ग तर्फ तौल समूह (६०(६५) रजत पदक, बिनिता थापा मगर स्पारिङ तर्फ तौल समूह (४५(५०) स्वर्ण पदक र साहिल दोङ्ग स्पाईरिङ तर्फ रजत पदक जिताएका हुन् ।

अन्तराष्ट्रिय आईटिएफमा तेकान्डोमा पदक जित्ने खेलाडीहरु ५ जना रामेछापका खेलाडी परेका छन् । त्यस टिमको प्रशिक्षकमा पनि रामेछापका तेकान्डोका अध्यक्ष धनराज मोक्तान सहभागि थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend