जन आकाश
काठमाडौं । भारतविरूद्धको पाँच खेलको टी-२० सिरिजमा घरेलु टिम अस्ट्रेलियाले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।आइतबार गुयनामा भएको दोस्रो खेलमा २ विकेटको जित निकाल्दै घरेलु टिम वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता लियो ।
पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १५२ रन जोड्यो । भारतका लागि तिलक बर्माले सबैभन्दा बढी ५१ रन जोडे भने इशान किसनले २७ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाउदा अरु ब्याट्सम्यानले उल्लेख रन जोड्न सकेनन् ।
बलिङमा वेस्ट इन्डिजका अकिल हुसेन, अल्जारी जोसेफ र रोमारिया शेफर्डले २-२ विकेट लिए । १५३ रनको लक्ष्य वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्यो । उसका लागि निकोलास पूरनले ४० बलमा ६७ रनको योगदान गरे। हुसनेल १० बलमा नटआउट १६ रन र जोसेफले ८ बलमा नटआउट १० रन जोडे ।
बलिङमा भारतका पाण्ड्याले ३ विकेट र युजवेन्द्र चहलले २ विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend