logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई खेल खेल्ने


  • जन आकाश
  • मंगलबार, साउन २३ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भदौ २२ र २५ (सेप्टेम्बर ८ र ११) मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेलहरू याङ्गुनमा खेलिनेछन् र दुवै खेल फिफा विन्डो अन्तर्गत पर्दछन् ।



मैत्रीपूर्ण खेलहरू फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणका खेलहरूको तयारीका लागि खेल्न लागिएको हो । नेपालले अक्टोबर १२ र १७ मा लाओससँग सामना गर्नेछ ।दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेको युएई, बहराइन र यमन/श्रीलंकासँग खेल्नेछ ।

दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend