जन आकाश
जयराम बिडारि
काठमाण्डौ । हामी र हाम्रो समूहको आयोजनामा गङ्गा आचार्य सेढाईंकृत मुक्तकसंग्रह ‘अनन्त गङ्गा’ कृतिको शनिवार चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा बिशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।

हामी र हाम्रो कृति समूहकाका सदस्य पूर्ण बहादुर श्रेष्ठको सभापतित्व तथा २ नम्बर वडाका कार्यालय प्रमुख राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको बिशेष आतिथ्यताका साथै अग्रज मुक्तककार प्रकाश बस्नेत’गफाडी’ लगायत साहित्यानुरागी प्रबुद्ध ब्यक्तित्वहरुको समुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा समूहका सदस्य नम्रता उप्रेतीद्वारा स्वागत मन्तव्य राखिएको थियो । स्वागत मन्तव्यकै क्रममा ‘हामी र हाम्रो कृति समूहका’ अर्का सदस्य मदन नेपालले स्रष्टा गङ्गाजीले ‘’भावनाको गहिराईमा डुबुल्की लगाएर छालको तरंगमा तैरिएर,सामाजिक ,सांस्कृतिक ,धार्मिक लगायत प्रेमिल बिषयमा सृजित् सृजनाले पाठकहरुको मन मस्तिष्कमा अमिट छाप छाड्न सफल होस् ‘ भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उक्त अवसरमा बद्री उप्रेतीले हामी र हाम्रो कृति समूहको उदेश्य र भावि कार्यक्रमका बारेमा प्रकाश पारेका छन् । साथै विशिष्ट अतिथिका रुपमा विजयध्वज थापाले अग्रज पुस्ताले सदैव अनुज पुस्तालाई समर्थन र प्रोत्साहन दिनुपर्ने कुरामा जोड दिंदै कृति सफलताको शुभकामना दिएका छन् । साथै कार्यक्रममा अग्रज मुक्तककार प्रकाश बस्नेत ‘गफाडी’ द्वारा लोकार्पित कृतिको बारेमा समिक्षा गरिएको थियो ।
समिक्षाका क्रममा गङ्गा आचार्यको ‘अनन्त गङ्गा’ मुक्तकसङ्ग्रह धार्मिक आध्यात्मिक ,राजनैतिक ,प्राकृतिक बौद्धिक र चेतनाको अभिव्यक्तिको सशक्त माध्यमको रुपमाा आएकोले यो नेपाली पाठकका मन मस्तिष्कमा छिट्टै स्थापित हुन मद्दत पुग्ने बिश्वास व्यक्त गर्दै आगामी दिनमा थप नवीनतम सृजनाहरु क्रमश परिष्कृत हुंदै जाओस भन्दै कृति सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा साहित्यकारहरु तथा समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुद्वारा सर्जकका रचना बाचन गरि कार्यक्रमलाई रौनकता प्रदान गरिएको थियो । साथै प्रमुख अतिथि राजेन्द्र कुमार श्रेष्ठले मुक्तककार गङ्गाजीको पहिलो मुक्तकसंग्रह नै सशक्त रुपमा प्रस्तुत भएकोले आगामी दिनमा थप प्रगति हुदै जानेछ भन्ने बिश्वास ब्यक्त गर्दै सृजित् मुक्तकमा माया प्रेम ,धर्मको मर्म प्राकृतिको बर्णन जस्ता कुरालाइ कलात्मक रुपमा प्रस्तुत गरिएकोले पाठकका मन मस्तिष्कमा छिट्टै प्रभाव पार्न सक्ने बताउंदै कृति सफलताको शुभकामना प्रदान गरेका छन् ।
उक्त अवशरमा उत्तम भेटुवाल ‘उत्तम विचार’ ले कार्यक्रम सञ्चालनका लागि सहजकर्ताको रुपमा भूमिका निभाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend