logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा भारतको जित


  • जन आकाश
  • बुधबार, साउन २४ २०८०

काठमाडौं । भारतले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा जित निकाल्दै पाँच खेलको सिरिजलाई २-१ को अवस्थामा ल्याएको छ ।



यसअघि लगातार दुई खेलमा पराजित भएको भारतले मंगलबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा १५९ रन जोड्यो ।

उसका लागि ब्रान्डन किङले ४२ रन र रोभमान पावेलले नटआउट ४० रन बनाए । बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए । १६० रनको लक्ष्य भारतले ३ विकेटको क्षतिमा १७।५ ओभरमा पूररा गर्‍यो ।

ओपनरद्वय यसश्वी जैसवाल १ रन र शुभमन गिल ६ रनमा आउट भए पनि सूर्यकुमार यादवले ४४ बलमा ८३ रन जोडे । यस्तै तिलक बर्माले नटआउट ४९ रन र कप्तान हार्दिक पाण्ड्याले नटआउट २० रनको योगदान गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend