जन आकाश
काठमाडौं । बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्दैछन् ।
सलमानले सन् १९९८ मा करण जोहरको फिल्म कुछ कुछ होता हैु मा काम गरेका थिए। फिल्ममा अभिनेता शाहरूख खान मुख्य भूमिकामा थिए भने उनी सहायक भूमिकामा देखिएका थिए ।
अब २५ वर्षपछि उनीहरूले सहकार्य गर्न लागेका हुन् । भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार करणको धर्मा प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन् ।
पछिल्लो छ महिनादेखि छलफल गरेपछि उनीहरूले सहकार्य गर्ने पक्का भएको हो । फिल्मको छायांकन नोभेम्बर २०२३ मा सुरू हुनेछ । यो फिल्म २०२४ को क्रिसमसमा रिलिज हुने बताएको छ । फिल्मको नाम र कलाकारको घोषणा हुन बाँकी छ ।
विष्णु वर्धनको यो दोस्रो फिल्म हो बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्दै यसअघि उनले फिल्म शेरशाहु निर्देशन गरेका थिए । सलमान हाल फिल्म टाइगर ३ मा व्यस्त छन् । यसपछि उनी टाइगर भर्सेस पठानु र परेमकी शादी लगायत फिल्ममा देखिनेछन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend