जन आकाश
जयराम बिडारी
काठमाडौ । स्थापनाको सोह्रौँ वार्षिकोत्सवलाई भव्य रुपमा मनाउने उद्धेश्यले प्रोगेसिभ एजुकेसनल फोरम चावहिलद्वरा फोरममा आवद्धता जनाएका दश संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा यही श्रावण २६ गते शुक्रवारका दिन राष्ट्रीय नाचघर जमलमा एक भव्य कार्यक्रमको आयोजना गरि मानाउने जनाइएको छ ।
उक्त कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्नुका साथै फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान तथा
बिद्यालयबाट एस् ई ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरूलाई सम्मान अर्पणका साथै नृत्य तथा गायन प्रतियोगिता गरि पुरस्कार वितरण गर्ने समेत जनाइएको छ ।
प्याब्सनको छाता संगठनभित्र आवद्धता रहेका विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई संचालित गर्न फोरमले विद्यालयविच विद्यार्थी र शिक्षक परामर्श,प्रेरक कक्षा, सिपमुलक तालिम,प्राविधिक रूपमा विज्ञान कार्यशालामुलक कक्षा, हस्तलेखन,कविता वाचन ,वक्तृत्वकला, हाजिरीजवाफ,चित्रकला,वादविवाद, नेपाली र अङ्ग्रेजी हिज्जे प्रतियोगिता ,कथावाचनल र खेलकुदमा ,निडल रेस,फ्रकजम,स्रयाकरेस बास्केटवल,फुटवल,टेवुलटेनिस व्याडमिन्टन,म्यराथुन,रिले, हाइजम,लङ्जम,टकअफवार,ज्यावलिङथ्रो जस्ता विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप समेत गर्दै आइरहेको छ ।
कार्यक्रममा शिक्षाक्षेत्रका धरोहरका रूपमा रहेका राष्ट्रका विशिष्ट व्यक्तित्व, फोरमभित्रका सबै विद्यालयका संस्थापक, प्राचार्य,निर्देशक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,निर्देशक,शिक्षक शिक्षिकाको साथै शिक्षासेवी तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिने जनाइएको छ ।
यसरी संस्थागत विद्यालयहरूद्वारा बेलाबेलामा आयोजना गरिने यस्ता विविध कार्यक्रमहरूका माध्यमले विद्यार्थीहरूको चौतर्फी विकासका लागि टेवा पुग्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend