logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महिला विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुने


  • जन आकाश
  • बिहिबार, साउन २५ २०८०

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत शुक्रबार देखि क्वाटरफाइनलका खेलहरू हुने छन् । क्वाटरफाइनल खेल स्पेन र नेदरल्यान्ड्स,जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच हुनेछ ।



११ अगस्ट अर्थात शुक्रबार स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । १२ अगस्टमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

त्यस्तै,१९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समुहमा विभाजन गरिएको थियो ।

सन् १९९१ देखि सुरु महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागि थियो । चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो । अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौं संस्करणमा पुरस्कार राशि पनि बद्धि गरिएको छ । झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend