जन आकाश
काठमाडौँ । पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा निकै चर्चाको शिखरमा रहेका मोडल नविन गौतमको चर्चा निकै छ । झट्ट हेर्दा चकलेटी अनुहार र चट्ट जिउडाल मिलेको मोडल नविन गौतम म्युजिक भिडियो क्षेत्रमा केही बर्ष यताबाट चर्चामा छन् । उनी दिनकै जस्तो विभिन्न चर्चित कलाकारहरुको साथमा म्युजिक भिडियोको सुटिङमा ब्यस्था हुने गर्दछन् ।
रामेछापको दोरम्बा गाउँपालिकामा जन्मेका नबिन केही बर्षदेखि काठमाडौ आयर उनले नेपाली मोडलिङ क्षेत्रमा संघर्ष सुरु गरेका थिए । सुरुका दिनमा केही गारो भयतापनि आज भोलि उनलाई म्युजिक भिडियोमा भ्याई नभ्याई छ ।
सानैदेखि सागीतिक परिवारमा हुर्केका नबिन गीत संगीत क्षेत्रमा लाग्न निकै रुचि राख्थे । आमाको ठुलो सपना थियो छोरो मोडल भएको हेर्ने आज आमाको आर्शिवादले नै मोडल बन्न सफल भएको । नविनले जन आकाश मिडियासँग बताउँछन् ।
दर्जनौ गीतमा नित्य देखाइसकेका नबिन हालसालै जन आकाश मिडियाले निर्माण गरेको “कति राम्रो रामेछापको सिन कहिले आउला तिमि र म सँगै हुने दिन” बोलको गीतमा अभिनय गरेका छन् ।
उक्त गीतको शब्द जन आकाश मिडिया प्रा.लिका रिपोटर बिनोद कार्कीले लेखेका हुन् । भने आवज शिब सागर खड्का र अहिलेको चर्चित गायिका शान्ति श्री परियारको रहेको छ । भिडियो निर्देशन तथा निर्माता जन आकाश मिडिया प्रा.लिका अध्यक्ष मोहन कार्की आफैले गरेका छन् ।
नबिन गौतम र बबिता पोखरेल प्रमुख अभिनयको भुमिका रहको छ । छ भने साइड कलाकारहरु पनि केमेष्ट्रि मिलेको छ । उक्त भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरिरहेका छन् । भने कोरियोग्राफी कृष्ण रसालको रहेको छ । रामेछापका सुन्दर स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो साउन ३१ गते जन आकाश साप्ताहिको १६ औ बार्षिकोत्सवको अवसर पारेर जन आकाश मिडिायको अफिसियल च्यानल जन अकाश टिभी बाट सार्वजनिक हुँदै छ ।
उक्त गीत सार्वजनिक हुने प्रतिक्षामा रहेका मोडल नविन गौतमका फ्यानहरु कति राम्रो रामेछापको सिन बोलको गीतमा नविन र बबिता पोख्रे्रलको जोडीमा जमेको गीत हेर्न आतुर भएको रामेछापका दर्शकहरु हरेको बुझिन आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend