जन आकाश
काठमाडौं । २०८० को तीज नजिकिए सँगै कलाकारहरुले नयाँ नयाँ तीज गीत सार्वजनिक गर्न थालेका छन् सोहि क्रममा सविता परियार र अर्जुन सापकोटाको आवाजमा रहेको ‘गाजले’ बोलको गीत सार्वजनिक भएको छ । छोटो समयमै स्रोता दर्शकको मन जितेको ‘गाजले’ बोलको गीत अहिले युटुबको रेन्डिङमा परेको छ ।
उक्त गीतको संगीत गायक सापकोटा आफैले गरेका छन् ,भने एचबिएन किस्मतको एरेन्ज रहेको छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको गीतमा सरद एल.जि , करिष्मा ढकाल, र अर्जुन सापकोटाको अभिनय आकर्षक रुपमा हेर्न सकिन्छ ।
मोडल सरदले यसपटक झन्डै एक दर्जन तीज गीतमा काम गरेका छन् । जसमध्ये यस ‘गाजले’ गित सुन्ने बितिकै नाच्न मन लागिहालेको र भिडियोमा आफुलाई निकै राम्रो देखिएको महसुस गरेको उनले बताएका छन् । जुन गित अर्जुन सापकोटा युट्युबबाट सार्वजनिक भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend