logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भारतलाई हराउँदै वेस्ट इन्डिजले जित्यो सिरिज


  • जन आकाश
  • सोमबार, साउन २९ २०८०

काठमाडौं । भारतविरूद्धको पाँच खेलको टी-२० सिरिज घरेलु टिम वेस्ट इन्डिजले जितेको छ । आइतबार राति भएको पाँचौ तथा निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।



टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो भारतका लागि सूर्यकुमार यादवले ६१ रन जोड्दा तिलक बर्माले २७ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख रन बटुल्न सकेनन् । बलिङमा वेस्ट इन्डिजका रोमारियो शेफर्डले ४ विकेट लिए भने अकिल हुसेन र जासन होल्डरले २-२ विकेट हात पारे ।

१६६ रनको लक्ष्य वेस्ट इन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गरे ।  वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङले नटआउट ८५ रन जोड्दा निकोलासन पूरनले ४७ रन बनाए । चार विकेट लिएका शेफर्ड प्लेयर अफ दि म्याच हुँदा निकोलास पूरन प्लेयर अफ दि सिरिज घोषित भए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend