logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बलिउड अभिनेता शाहरूख खानको ‘जवान ’फिल्मको पोस्टर सार्वजनिक


  • जन आकाश
  • सोमबार, साउन २९ २०८०

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । अभिनेता शाहरूखले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, साहसी,चकित ,खतरनाक सार्वजनिक पोस्टरमा शाहरूख खान, नयनतारा र विजय सेतुपथीलाई प्रस्तुत गरिएको छ ।



एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण लगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ । फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन् । जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend