logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे


  • जन आकाश
  • मंगलबार, साउन ३० २०८०

काठमाडौ । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । पाण्डे नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी हुन् ।



सोमबार भएको निर्वाचनमा उनले रूपक रञ्जितलाई २ भोटले पराजित गरे। पाण्डेले १४ भोट पाउँदा रञ्जितले १२ भोट पाए । उपाध्यक्षमा धर्मसुन्दर शाक्य १४ भोट ल्याएर निर्वाचित हुँदा कुन्दराज सुवेदीले १२ भोट पाए ।

सचिवमा संजय बस्नेत र किशोर चौगुठीले सामान १३-१३ भोट ल्याए। गोलप्रथामा बस्नेत विजयी भए । कोषाध्यक्षमा कवि खागी १४ भोटसहित विजयी हुँदा सागर पिलखेल १२ भोटसहित पराजित भए ।

सदस्यमा सुरज रत्न शाक्य, स्वस्तिका पौडेल, बुद्धिराम तामाङ,अभय राणा, नगेन्द्र भट्टराई, रोम श्रेष्ठ, मधु मर्दन राज शर्मा, सुमन रञ्जितकार, राजेश ठाकुर र रत्नहरी प्रधानांग विजयी भए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend