logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भारतीय गायक अरिजीत सिंह नेपाल आउने


  • जन आकाश
  • बुधबार, साउन ३१ २०८०

काठमाडौं । भारतीय गायक अरिजीत सिंह पहिलो पटक नेपाल आउने भएका छन् ।



उनी आफ्नो प्रस्तुति दिन नेपालमा आउन लागेका हुन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनका अनुसार अरिजीत सिंह लाइभ इन नेपाल मसिंर ९ गते शनिबार हायातमा हुनेछ ।

भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंहले तुम हि हो, केसरिया तेरा, झुमे जो पठान, खैरियत, अपना बना ले जस्ता थुप्रै चर्चित गीतमा आवाज दिएका छन् । यस कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरू हुनेछ । थप सुविधासहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ति डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ । यस कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा योगदान गर्ने आयोजकको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend