logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गोपाल पाँडे ‘असीम’ पुरस्कारबाट डा. शैलेन्दु नेपाल पुरस्कृत


  • जन आकाश
  • शनिबार, भाद्र २ २०८०

-जयराम बिडारी
काठमाण्डौ । नेपाली शिक्षा परिषद्को ७३औं वार्षिकोत्सव तथा यसका संस्थापक एवं भाषासेवी गोपाल पाँडे ‘असीमको’ १११औं जन्मजयन्तीका अवसरमा गोपाल पाँडे असीम पुरस्कारबाट  डा. शैलेन्दुप्रकाश नेपललाई पुरस्कृत गरिएको छ ।



असीमको प्रतिमामा माल्यार्पण गर्दै राष्ट्रीय गानद्वारा कार्यक्रमको शुरुवात गरिएको थियो ।
नेपाली शिक्षा परिषद् लेखनाथ सदन सोह्रखुट्टेमा कार्यक्रमको आयोजना गरि रमा शर्माको अध्यक्षता तथा प्रा. डा.पार्थिवेश्वर तिमल्सिनाको प्रमुख आतिथ्यका साथ मुकुन्द शर्मा चालिसे, साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’ पद्मकन्या कलेज नेपाली बिभाग प्रमुख डा.अम्बिका अर्याल,साहित्यकार खोलाघरे साहिंलो, रामप्रसाद पन्त बिश्लेषक ज्ञाननिष्ठ ज्ञवाली लगायत सयौ साहित्यानुरागी महानुभाव हरुको उपस्थितिमा असीमको प्रतिमामा माल्यार्पण गर्दै राष्ट्रीय गानद्वारा कार्यक्रमको सम्पन्न गरिएको थियो ।

कार्यक्रममा परिषद्का सदस्य सचिव लक्ष्मण थापाद्वारा स्वागत गरिएको थियो भने कवि तथा साहित्यकार भवानी खतिवडाले ‘असिम’ को ‘देशको शान राखौं ‘का केही श्लोक कविता बाचन गरिएको थियो ।

उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसकी नेपाली बिभाग प्रमुख डा. अम्बिका अर्यालद्वारा पुरस्कृत ब्यक्तित्व डा.नेपालका बारेमा चर्चा गरिनुका साथै उनको साहित्यिक गतिविधि अन्तर्गत गितीकाव्य,खण्डकाव्य,महाकाव्य,कविता निवन्ध,उपन्यास,समालोचना तथा बालसाहित्य लेखन तथा सम्मान पदकका बारेमा चर्चा गरिएको थियो ।साथै साहित्यकार डा.बमबहादुर थापा जितालीद्वारा सम्मानित व्यक्तित्व डा. नेपाललाई प्रदान गरिएको सम्मान पत्र बाचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा.पार्थिवेश्वर तिमल्सिनाद्वारा साहित्यकार तथा  डा. शैलेन्दुप्रकाश नेपललाई ५० हजार राशि सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मान ग्रहणका क्रममा डा. नेपालद्वारा समान भावना र असल कर्मका साथ अघि बढ्दै जाँदा समुन्नत समाजको निर्माणमा प्रमुख भूमिका निर्वाह हुने विचार व्यक्त गर्दै अशल कर्म गरौं र समाज रुपान्तरणमा साहित्यको माध्यमबाट यथासक्य योगदान दिऊँ भन्ने पवित्र भावनाले निरंतर साधना गर्ने क्रममा नेपाली शिक्षा परिषद्का संस्थापक एवं भाषासेवी गोपाल पाँडे ‘असीम’ पुरस्कारबाट पुरस्कृत हुने गौरवपूर्ण अवसर मिलेकोमा खुशी व्यक्त गर्दै आफूले समाजका लागि एउटा ईटा मात्रै भएपनि थप्न सकिएछ भन्ने बोध भएको र आफ्नो आगामी कर्म सम्पूर्ण रुपमा देश र समाजका लागि रहने बताएका छन् ।

प्रमुख अतिथिको आशनबाट बोल्दै तिमल्सिनाले गोपाल पाँडे असिमको नेपाली भाषा बिकाशक्रमको महाअभियानमा एक्लो बृहस्पतिका रुपमा गरेका योगदानका बारेमा सारगर्भित रुपमा चर्चा गरिएको थियो । जसलाई नयाँ शिक्षा कार्यक्रमले ओझेलमा पारेको चर्चा गर्दै संचारको बिकाश नभएको टेलिफोन मोवाईल बिहिन तत्कालीन समयमा ठाऊँ ठाऊँबाट साहित्यकार ,शिक्षकहरुलाई भेलाा पारेर स्वयंसेवी रुपमा प्रशिक्षण तथा कार्यक्रम सम्पन्न गर्नु नेपाली भाषालाई नेपाल भित्र बोलिने अन्य भाषाको सम्पर्क भाषाका रुपमा बिकशित गरिनु पर्छ भन्ने चेतनशिल बिचारले तत्कालीन समयमा सरकारी जागिर खानका लागिसमेत नेपाली भाषा प्रयोग गर्न गराउन उनले गरेको योगदानका बारेमा चर्चा गर्दै नेपाली शिक्षा परिषद्को स्थापना गरि राष्ट्रीय रुपमाा भानुजयन्ती मोतीराम भट्ट जयन्ती तथा लेखनाथ पौडेलको सार्वजनिक रथयात्रा लगायतका कार्यक्रमको शुरुवात सहितको बिशिष्ट योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा पर्वतराज घिमिरे नागाधिराज, बाट कविता बाचन गरिनुका साथै दरवार हाईस्कूलबाट एसईई परिक्षा २०७९मा नेपाली बिषयमा सर्वोत्कृष्ट नतीजा ल्याएकी बिद्यार्थी आयुष्मा खड्का लाई नगद रु. पाँच हजार नगद राशि सहित ‘गोपाल पाँडे असीम प्रतिभा पुरस्कार’ अर्पित गरिएको थियो । उक्त अवसरमा हालै म्युजिक नेपालद्वारा रेकर्ड गरिएको गोपाल पाँडे असीमद्वारा रचित भक्तिगान (भजन)लाई प्रशारण गरिएको थियो ।

कार्यक्रममा दिव्यचन्द्र आचार्य द्वारा सहजकर्ताको भूमिका निभाईएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend