जन आकाश
काठमाडौ । अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण गर्न दोस्रो संस्करणमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको आयोजक तथा अग्लेश्वरी हिल्सका अध्यक्ष सिजम सिन्जाली जानकारी गराएका छन् ।
संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।
अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा हुने जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि खुला आवेदन अब १५ दिनसम्म मात्र रहने छ । यसका लागी अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी १५ दिन भित्र फारम भरिसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिएका हुन् ।
आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकाश तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले बताएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रमलाई ओला क्याफेका सञ्चालक हरि पुडासैनी लगायत अतिथीले सफलताको शुभकामना दिएका थिए ।
अग्लेश्वरी हिल्सको पृष्ठभूमि
झण्डै १ दशक अगाडी देखि रामेछाप जिल्लाका भुगोल, त्याहाका नागरिकहरुले जीवनयापन गरिरहेको अवस्था र जिल्लाका प्रतिभाहरुको प्रोत्साहन गर्ने उदेश्य राखेर कार्य गर्दै आएको साथै धार्मिक, सांस्कृतिक, पर्याटनको प्रचुर सम्भावना भएको क्षेत्रलाई समेटेर विगतमा कार्य गर्दै आउको र बीचमा कोभिडका कारणले रोकिएको यो जिवन्त यात्रालाई पुनः ताजगी बनाउन लागेको पत्रकार सम्मेलनमा सिंजालीले जानकरी दिएका छन् ।
रामेछापको दोरम्बा, शैलुङ सुनापति र खाडादेबि गाउँपालिका भित्र प्रर्ने प्रचुर मात्रामा सम्भावना बोकेको ठाँउहरुको चिनारी साथै अग्लेश्वरीलाई धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने । यहि उदेश्यले सिजांलीले एउटा कोष बनाए, अग्लेश्वरी हिल्स् विकास कोष स्थापना गरेको संस्थापक अध्यक्षको भनाई छ । यसको खास उदेश्य तीन गाउँपालिकाको संगमस्थलमा रहेको संसारकै अग्लो बुद्धको प्रतिमा स्थापना गर्ने, अग्लेश्वर महादेवको प्रवर्धन गर्ने, चारधाम, सिसाको पुल, खेलकुद पार्क निर्माण गर्ने ।बृहत्त योजना रहेको छ । उक्त योजनाको अनुमानित बजेट ५ अर्बको को छ । सिंजालीका अनुसार, शुरुवातको लाइन लाइफ गायक, कलाकार र स्रष्टाको परिचयलाई साथमा लिएर प्रचारका लागि कार्यक्रम गर्ने निधो गरेको जानकारी गराएका छन् ।
२०७८ पुषमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ नामक एक भव्य अवार्ड कार्यक्रमको आयोजना गरिसकेको थियो ।उक्त कार्यक्रम काठमाडौंको सोल्टी होटलमा आयोजित पहिलो अवार्ड समारोहमा गीत–संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने गीतकार श्रवण मुकारुङ, संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बेस्ट मोडल अफ द इयरको अवार्ड चुम्न सफल भएका थिए । त्यसैगरी विक्रम धमला जुरी अवार्ड, क्याडी श्रेष्ठ डायस्पोरा पप संगीतकार र गायक विधाको अवार्ड र विकास धमला भिडियो सम्पादक विजेता भएका थिए ।
बिहिबार त्यहि अवार्ड कार्यक्रमको दोस्रो संस्करणमा आफुहरु जुटेको सिंजालीले हर्षसाथ पत्रकार सम्मेलनमार्फत जानकारी गराए । दोस्रो संस्करण असोजदेखि मंसिर भित्रमा गरिसक्ने योजना बनेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । जुन कार्यक्रमको पहिलो संस्करणमा उनी एक्लो थिए भने अहिले उनीसंग सहयात्री र सहयोगी हात जुट्ने क्रम बढेको छ । उनको सपना पृुरा गर्न अहिले दर्जन बढि सदस्यहरु उनको सपनामा काम गर्न तयार भएका छन् ।
दोस्रो संस्करणको अवार्ड कार्यक्रममा स्थानीय पालिका लगायत विभिन्न संघ संस्था समेतको सहभागिता हुनेमा कोष आशावादी छ । अग्लेश्वर हिल्स् र सैलुङ क्षेत्रको विकास गर्न कोषका अध्यक्ष सिंजाली चलचित्र छायाँकन देखि घुमघामको लागि गन्तव्य बनाउने मनसायमा छन् । यो रामेछाप जिल्लाको लागि व्यवहारमा उतार्न सकेको खण्डमा उदारणीय काम हुनसक्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend