जन आकाश
काठमाडौँ । गायक धर्मेन्द्र सेवानको आवजमा एउटा यात्रा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ ।
गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ । नेपाल ताराबाट चर्चामा आएका गायक सेवान नेपाली सङ्गीत क्षेत्रका प्रतिभावान् गायकका रूपमा परिचित हुन् ।
सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विभिन्न साङ्गीतिक कार्यक्रम सँगै केही गीतहरूको सिर्जनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो । यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाङ्कन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend