logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुन किन्न पैशा हुनेहरुले उद्योग खोलेर रोजगार दिऔ 


  • जन आकाश
  • मंगलबार, भाद्र ५ २०८०

सुन किन्न पैशा हुनेहरु
नुन किन्न सापट दिन्न भन्छन
अलिनै त्यो भोक टार्दा
बालबच्चा धेरै रुन्छन् ।



नेपालमा यतिवेला जताततै सुनको चर्चा छ । सदनमा । चोकका चिया पसलमा । ठुला व्यापारिक महलमा सुुनको चर्चाले देश नै सुन सुन सुन सुनको कथा सुन भएको छ । झण्डै एक अरब रुपैयाको सुनका कारोवार एकपटमा गर्न सक्ने क्षमता भएको मानिस पनि नेपालमा रहेछन् । यति ठुलो धनरासि सञ्चालन गर्न सक्ने धनाढ्यले नेपालमा नै रोजगार दिन सक्ने र विदेशमा समेत निर्यात गर्न सक्ने उत्पादन मूूलक क्षेत्रमा लगानी गरेर देशका मानिसहरुलाई रोजगार दिन सक्छ । यस्तो राम्रो काम गर्न छोडेर सुन तस्करी जस्तो काममा लगानी गरेर अफैले आफैलाई धिर्कारने काम किन गरेको होला !

हुनत नेपालमा लगानीमैत्री वातावरण छैन भन्दै केही व्यापारीहरुले कुरा गरेका पनि सुनिन्छ । नेपालमा त्यस्तो हो भने सरकारले लगानीमैत्री वनाउन ढिलो गर्नुहुदैन । फेरी अर्कोतर्फ नेपालमा अर्थतन्त्र गिरावट आएको भनेर सर्वत्र बजारमा व्यापारिहरु नै कुरा गरिरहेकाछन् । कसैले पत्याउओस नपत्याओस गएको महिनामा समातिएको झण्डै एक कुुइन्टल सुन नेपालको कुनै ठुलै व्यापारीको हो भन्ने सम्बन्धित निकायले बुझसकेकाछन् । सरकारमा जो जो छन् । प्रतिपक्षमा जो जो छन् । ति सवैले चुनावमा चन्दा लिन भ्याएकाछन् । पछि थपिएको रास्वपाले चै भ्याएको छैन होला । अरु बाकी छैनन् । त्यसैले सुन काण्ड अहिले मात्र होइन विगतदेखि नै यस्ता घटना हल्ला हुने गरेकाछन् । तर यस्तो कारोवार रोकिएको छैन ।

यस्ता कारोवार सामान्य नागरिकले गरेको भए कुनै नागरिक समातिने बित्तिक्कै यस्ता तस्करी रोकिन्थ्यो तर यो त सरकारको नीतिमा समेत जोडिएको बिषय देखिन्छ । बजारमा तोकेको परिणाम सुन राष्ट्र बैकले दिदैन । र त्यो सुनको माग धान्न सुन ब्यापारीहरु यसैगरी तस्करी गरेर ल्याएका सुन किन्न बाध्य हुने गरेकाछन् । एकातिर भने अर्कोतिर सुन तस्करी गर्र्न लालयित गराउने लगानी गर्न नेपालका उपल्लो पदमा रहेका सम्बन्धित निकायहरु नै संलग्न हुुने गरेकाछन् । यस्तो हुदैनथ्यो भने नीतिगत रुपमा सुुनको काण्ड सदाका लागि समाप्त भइसकेको हुनेथियो ।

त्यसकारण सर्वसाधरण नागरिकलाई सुन आओस जाओस कुनै अर्थ राख्दैन । चहिने वेला किन्छन् । पसलमा जान्छन् । समयमा सुन पसलेले दिन्छ । पैशा लिन्छ सकियो । तर याहाँ यसरी तस्करी गरेर ल्याउदा नेपालको राजश्व गुम्ने नेपालको मुुद्राको सञ्चितीमा समस्या आउने जस्ता देशको पोलिसीमा असर पर्ने सम्बन्धित निकायलाई मात्र थाहा छ । त्यही सम्बन्धित निकाय नै जिम्मेवार नभएपछि यस्ता समस्या जस्ताको तस्तै रहने गरेको छ ।

त्यसैले नेपालमा पनि अथाहा सम्पति भएका मानिसहरुलाई तिनका लागानी उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सीर्जना गर्नूपर्छ । र उत्पादन मूलक क्षेत्रमा लगानी बढाएर विदेश गइरहेको हाम्रो उर्वर जनशक्तिलाई देशमा नै आकर्षण तलव भत्ता दिएर देशको उत्पादन बढाई बैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ । यस्ता नीति सदनमा जितेर गएका व्यावस्थापिका सदस्यहरुले बनाउन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend