logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तीजले गर्दा कलाकारलाई भ्याइनभ्याइ


  • जन आकाश
  • शुक्रबार, भाद्र ८ २०८०

काठमाडौं । असोज १ गते हिन्दू महिलाले हरितालिका तीजपर्व मनाउँदैछन् । पर्व नजिकिंदै गर्दा नेपाली डायस्पोरामा तीजको माहोल अहिल्यैदेखि सुरु हुन थालेको छ । त्यहाँस्थित नेपाली समुदायले कलाकारलाई बोलाएर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न थालेका छन् ।



डायस्पोराको तीज कार्यक्रममा सहभागी हुन नेपाली संगीत क्षेत्रका कलाकारलाई भ्याइनभ्याइ छ । विशेषगरी लोक दोहोरी क्षेत्रका कलाकारलाई चटारो सुरु भएको छ । कतिपय विदेश उडिसकेका छन् भने कतिपय जाने तयारीमा छन् ।

गायक प्रकाश सुपतले आज शुक्रबार बेलायतको एल्डरसटमा केप्लर इभेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिंदैछन् । उनी केही दिनअघि नै लण्डन पुगेका थिए । क्यानडा कार्यक्रम सकेर उनी बेलायत उडेका हुन् ।

गायक खुमन अधिकारी र चन्दा अर्यालले शनिबार सिड्नीमा तीज धमाका कार्यक्रममा दर्शक नचाउँदैछन् । गुल्मी समाज अष्ट्रेलियाले बालबालिकाको शिक्षामा सहकार्य गर्ने उद्देश्यले सिड्नीमा कार्यक्रम गरेको हो । गायक रवि ओड र गायिका अनिता चलाउने अष्ट्रेलियामा आयोजना गरिएको ‘नारी निकुञ्ज तीज २०२३’ कार्यक्रममा भाग लिन पुगेका छन् । दुई सेप्टेम्बरमा अष्ट्रेलियामा हुन लागेको तीज कार्यक्रममा सहभागी हुन खेम सेञ्चुरी र शान्तिश्री परियार त्यता जाँदैछन्  ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend