जन आकाश
नेपालको पूर्वी भेग अर्थात कोशि प्रदेश अन्र्तगत सुनसरी धरान उपमहानगरपालिका आसपासका क्षेत्रमा गाई, गोरु काटेर खान पाउनुपर्छ भन्ने एकथरी मानिसहरुले बक्तव्यबाजी गरिरहेका छन् । भने अर्काथरी मानिसहरु गाई काट्नु नेपालका हिन्दु धर्मालम्बिहरुको अपमान तथा राष्ट्रिय जनावर काट्नु भनेको राष्ट्रको बिरुद्धमा जानु हो भनेर बक्तव्यबाजी गरिरहेका छन् । ति जातिय र धार्मिक कुरा गरेर नेपाली समाजलाई भड्काउन खोज्ने अतिवादीहरुको पक्षमा र बिपक्षमा समाज बिभक्त हुदै गईरहेको छ । जसले जे जे भनेपनि दुवै खालका अतिवादी गाई काटेर खान्छु भन्ने र काट्ने बिरुद्ध जाईलाग्छु भन्ने दुईवटै तत्वहरु राष्ट्र विरोधि हुन् ।
यस्तै राष्ट्र विरोधिहरुले जातिय र धार्मिक रुपमा जोडिएको यो आगो समुदायवाट संप्रदायिक हिंसाको रुपमा फैलाउन लागिरहेको देखिन्छ । एकाथरी हिन्दु धर्मालम्बिहरु धरानमा बृहत्त भेला भएर गाई काटेर खान पाउनुपर्छ भन्नेहरु बिरुद्ध सभा नै गरेर थप त्यहाका गाई काटेर खान पाउनुपर्छ भन्ने खालका तामाङ लगायत अन्य गाई खाने समुदायलाई उत्तेजित पार्न लालायित देखिन्छन् ।
त्यसैगरी गाई काटेर खान पाउनुपर्छ भन्दा हाम्रो आवजलाई रोक्न खोज्नेहरु बिरुद्ध जाईलाग्ने भनेर गाई काटेर खान पाउनुपर्छ भन्नेहरुले जत्था नै बनाएर अधिकारको कुरा गरिरहेकाछन् । कतै कतै चोकमा यस्तै धार्मिक विवादहरुले मानिस मानिस बीचमा झै झगडासमेत हुन थालिसकेका छन् ।
यो आगोको फिलगो पूर्ववाट शुरु भएको छ । यसले नेपाल देशैभरी छरिएर रहेका बिभिन्न ठाउँमा मिश्रित जातजाति धार्मिक समुदाय रहेका छन् । त्यहासम्म यसको असर पर्दै जादा नेपालमा कहिल्यै पनि जातिय, धार्मिक हिंसा नभएको देशमा धार्मिक हिंसाको आगोमा कति डढ्ने हुन डरलाग्दो गरी जातिय र धार्मिक आगो बल्दै गईरहेको छ ।
नेपालमा जहिले पनि अस्थिता मच्चाएर सत्ताको रस चाख्न पाउने लोभमा फस्ने लोभी राजनीतिक दलका नेताहरु र असन्तोष, अभावको आक्रोशमा आका्रेश पोख्ने जनताहरुकै कारण यस्ता घटना राजनीतिक मुद्दाको रुपमा उठ्दै आएका थिए । र प्रत्येक १० बर्षमा अस्थिरता हुदै आएको थियो जसको फाईदा विदेशी शक्ति केन्द्रहरुले उठाउदै आएका थिए ।
नेपालमा राजनीतिको रुपमा उठाउने आन्दोलन पुरानो तरिका फेल भएपछि अहिले नेपालीहरुलाई जतिय र धार्मिक रुपमा लडाई नेपालको धार्मिक सहिष्णुता, राष्ट्रिय एकता सदभाव भड्काउन लागेको देखिन्छ ।
यस्ता कामहरु विगतका राजनीतिक पार्टीहरुले आफु छिटो सस्तो लोकप्रीयता पाउनको लागि जातिय, धार्मिक अधिकारका कुरा गर्ने गरेका थिए । तर त्यसको सहि सावधान र प्रष्टसँग बुझाउन नसक्दा त्यो नै अहिले पत्युपादक भईरहेको छ ।
यस्ता बिषयमा राजनीतिक पार्टीहरु जिम्मेवार भएर विगतमा गरिएको जातिय, धार्मिक भड्काउने खालमा विचार अभिव्यक्ति दिनु हुदोरहेनछ भन्ने शिक्षा लिउन र भटकदै गएको जातिय धार्मिक विवादको सावधान खोजियोस् । नेपालमा सवै जातजाती, भाषाभाषी सवैको आस्था, सस्कार प्रति सम्मान गर्दै नेपालीहरुले राष्ट्रिय एकतामा कहिल्यै खलल पु¥याएका थिएनन् ।
परिवर्तनका नाममा अधिकार मात्र दिने तर रोजगार नदिने र यसैगरी अनेक बहानामा जनतालाई लडाउने खेलमा लागेका राजनीतिक पार्टीहरुको लागि यो निक्कै अप्ठ्यारो बन्दै गरेको धार्मिक र जातिय द्धान्द्ध चुनौतिको बिषय बन्दै गईरहेको छ । यसको सावधान राजनीतिवाट सम्भव हुदैन । यो नेपाली जनता नै मिलेर सावधान गर्नुपर्छ ।
देश जनतालाई चाहिएको छ । राजनीति पार्टीहरुत निर्देशित मात्रै हुन भन्ने भनाई विगतका पूर्व प्रधानमन्त्रीहरुले समेत देशको साचो अन्तै रहेछ भनेका छन् । त्यसकारण नेपाल बचाउने सवै नेपाली जनताहरु मिलेर सदभाव कायम गरी फुटेर होइन जुटेर राष्ट्रको रक्षा गर्नु आजको कर्तव्य हुन आएको छ । आफ्नो कर्तव्य पुरा गरी धार्मिक रुपमा फैलन लागेको सप्रादयिकतालाई रोक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend