जन आकाश
-जयराम बिडारी
काठमाडौ । सिसार साहित्य परिवार काठमाण्डौको आयोजनामा कवि रामचन्द्र न्यौपाने’वनवासी’ को ज्ञानक्रान्ति (
महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) लोकार्पण गरियो ।
शनिवार काठमाण्डौ स्थित पद्मकन्या कलेजमा आयोजना गरिएको विशेष कार्यक्रममा उपस्थिस्थित बिशिष्ट व्यक्तित्वहरुले रामचन्द्र न्यौपानेका दुई कृति संयुक्त रुपमा एकसाथ लोकार्पण गरिएको थियो ।
सदानन्द तत्वज्ञान प्रचार परिषद नेपालका तत्वज्ञानी महात्मा दीपकजी को प्रमुख अतिथ्यता एवं त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्व तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली , प्राडा भागवत ढकाल, कवि सीता भट्टराई ,पूर्व प्रशासक कृष्णचन्द्र घिमिरे लगायत सयौ साहित्यानुरागी महानुभाव हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा कृतिको समीक्षा प्राडा भागवत ढकाल तथा कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेद्वारा गरिएको थियो । वनवासीका महाकाव्य ज्ञानक्रान्तिका बारेमा प्राडा ढकालले बोल्दै ईश्वर संगको सानिध्यता गुरुकृपाले प्राप्त हुनुका साथै आत्मामा परमात्मा तत्व जान्ने प्रयोजनमा ज्ञानतत्व प्रज्वलित नभए सम्म आत्मकल्याण हुन नसक्ने कुरा ब्यक्त गरेका छन् ।
यसैक्रममा अर्का समिक्षक कवि, साहित्यकार तथा समालोचक सीता भट्टराईद्वारा ज्ञानक्रान्तिमा महाकाव्यकारले पूर्वीय दर्शनको आध्यात्मिक चेतनाको बिशिष्ट प्रभावका आधारमा ज्ञान र कर्मयोगलाई विषय बनाएर लेखिएको यस कृतिले तत्वज्ञानको खोजी नै जीवनको लक्ष बनाएको उल्लेख गरेकी छन् ।
उक्त अवसरमा कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई,लक्ष्मी घिमिरे स्वस्तिक ढकालले रचना वाचन गरिएको थियो भने ,कवि विजयराज न्यौपाने, कवि चन्द्रप्रसाद न्यौपाने, कवि विजयध्वज थापा, पत्रकार राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवाली लगायत कविलाई कृतित्वका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
साथै कार्यक्रममा प्रमुख अतिथिद्वारा धर्म जीवन जीउने सर्वोत्तम पद्धति रहेको चर्चा गर्दै पञ्चतत्वले शरीरको निर्माण भएजस्तै कर्मेन्द्रिय ज्ञानेन्द्रिय र धर्म सवै एकसमान रहेको हुँदा सवै धर्म एकै रहेपनि आजकल धर्मलाई पन्थका रुपमा व्याख्या गरिएको चर्चा गर्दै ब्रम्हाको शरीर धारण गरेर शाष्त्र अध्ययन गरेपनि वास्तविक ज्ञान प्राप्त गर्नका लागि तत्वज्ञानी महापुरुषको आवश्यकता रहने बताएका छन् ।
कार्यक्रममा कवि वनवासीद्वारा गुरुकृपाका कारण आफूले यस कृतिको रचनाा गर्न सफल भएको भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो भने कृतिका सम्पादक एवं भूमिकालेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राखेका थिए । कवि राधिका पन्तद्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend