logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनआकाश मिडियाले निर्माण गरिरहेको सुसेली तीज गीतको सुटिङ आज हुदै


  • जन आकाश
  • आइतबार, भाद्र १० २०८०

ईनिस बुढाथोकी
काठमाडौ । नेपाली नारीहरुको मूख्य पर्व जति नजिकिदै छ त्यतिनै महिला दिदीबहिनीहरुलाई तीजको चटारोले छोप्दै छ । कतिपयले तीजको समयमा माइती नभएका विरहको गीत गाएर मन बुझाउने गरेका छन् । कतिपयले माइतीघरमा गएर रमाईलो गरी बुबा–आमा दाजुभाई, दिदीबहिनीसँग बाल याद गर्दै मनाउने गीत समेत गाएर सार्वजनिक गरिरहेकाछन् । त्यसै मेसोमा जन आकाश मिडियाले सामाजिक दाइत्व अन्र्तगत समाजमा भटकदै गएको सस्कृतिलाई सही ढंगवाट मितवियता अपनाई नेपाली सस्कृतिको जगेर्ना गर्नुपर्छ भनि तीज गीतको लागि यहि असार २० गतेदेखि साउन ५ गतेसम्म १५ दिनभित्र सुसेली तीज गीत आवाहन गरेको थियो ।



त्यस प्रतियोगितमा भाग लिएका ३८ प्रतियोगिहरु मध्य उत्कृष्ट एउटा गीतलाई जन आकाशले निर्माण गर्ने पूर्व घोषित कार्यक्रम अन्र्तगत जन आकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसरमा छनौट चरणको अन्तिम टुङगो लागेको थियो । जसमा कोहलपुर निवासी चन्द्रवती अधिकारीको तीज गीत उत्कृष्ट सार्वजनिक भएको थियो । उक्त गीतलाई चर्चित संगीतकार रामकृष्ण थापाले संगीत गरेका थिए । भने मधुर स्वरकी धनी उषा गजुरेल र मनु दाहालले स्वर दिएर झनै उत्कृष्ट बनाएकाछन् । सोही गीतको आज मुलपानीस्थित चौरमा सार्वजनिकास्थलमा नै स्थनीयको उपस्थितिमा छायाङकन हुदैछ ।

केशव अधिकारीको नेतृत्वमा छायाङकन हुदैछ । उक्त गीतमा नेपाली नारीहरुलाई गीतमार्फत नै सन्देश दिने र नेपाली मौलिक संस्कृतिलाई जगेर्न गर्न प्रोत्साहन पुग्ने जन आकाश मिडियका अध्यक्ष मोहन कार्कीले बताएका छन् । उनले सुसेली तीज गीत नेपाली बजारमा पहिलो चोटी आउन लागेको पनि बताए । सुसेली विधामा रहेर गीत गाउने चलन नेपालीहरु पुस्तौदेखिको चलन भएपनि यसको सरक्षण हुन नसक्दा ओझेलमा पर्दै आएको थियो । उक्त सुसेली बिधाको सरक्षण गर्न काभ्रे निवासी दुर्गा अधिकारी (भमरकोटे) को नेतृत्वमा केही विगत केही बर्ष अगाडी अभियानको रुपमा अगडी बढेको थियो । र त्यस सुसेली सरक्षण अभियानले मुर्त रुप लिदै राष्ट्रिय सुसेली मञ्चको स्थापना गरी सुुुसेली रचना, बाचन र यसको विकासमा कार्यक्रम हुदै आएका छन् । त्यस कार्यक्रममा प्रत्यक्ष जन आकाश साप्ताहिक उपस्थित हुने गरेको छ र सुसेली गीत पहिलो पटक प्रकाशन पनि जन आकाशले पहिलो पटक गरेको थियो ।

त्यसैगरी ससेली तीज गीतको पहिलो म्युजिक भिडियो पनि जन आकाश मिडियाले नै प्रस्तुती गर्न लागेको छ । यहि भदौ १५ गतेभित्र सुसेली तीज गीत बजारमा जन आकाश मिडियाको अफिसियल च्यानल जन आकश टिभिवाट सार्वजनिक हुदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend