जन आकाश
नेपालमा यतिवेला आर्थिक अवस्था खस्कदै गएको व्यावसायमा असहज स्थिति रहेको भनाई व्यापारीहरुले भन्ने गरेकाछन् । हेर्दा त्यस्तै पनि देखिन्छ । मानिसहरु खुलेर व्यवसायमा आइराखेका छैनन् । हुनत बहुुदलीय व्यवस्था स्थापना पछि नेपालका राष्ट्रिय उद्योग कलकारखानाहरु एकपछि अर्को गर्दै बन्द भइसकेकाछन् । केही मात्रमा नीजि उद्योगहरु नेपालमा रहेकाछन् ।
नेपालका युवाहरु विदेशमा गएर जिविकोपार्जन गर्न वाध्यछन् । बेरोजगारको समस्या सरकालाई समेत टाउको दुुखाईको विषय भएको छ । तर नेपलको सम्भावना भनेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर नेपालका प्राकृतिक सौदर्यले भरिका क्षेत्रहरु जस्तै हिमश्रृखलाहरु, चुरे पाहाडहरु, कोशी नदीहरु, पाहाडवाट खस्ने झर्नाहरु, जगलमा पाईने अनेकथरी जीव जन्तुुहरु कतिपय नेपालमा मात्र पाईने लोपोन्मुख प्रजातिका जीव जन्तुुहरु नेपालमा छन् । यसरी प्रकृतिले दिएका स्रोतहरुलाई मानव जीवनमा आनान्दको रुपमा हेर्न सकिने र नेपालमा घुम्न नआएसम्म प्राकृतिक आनान्द विश्वको कुनैपनि ठाउँमा पाईदैन । भन्ने जानकारी दिनलाई सरकारले नै पर्यटनको लागि तत्कालीन नीति बनाएर नेपालाई पर्यटनको आकर्षणको केन्द्र बनाउन सक्नुपर्छ ।
त्यसो गर्न सक्यौ भने नेपालमा लाखौको संख्यामा विदेशी पर्यटक भित्रन सक्छन् । यस्तो वातावरण सरकारले बनाउन सक्नुुपर्छ । त्यसो गरिसकेपछि विदेशी पर्यटकवाट भित्रने विदेशी मुुद्राले नेपालीहरुको अर्थतन्त्रमा सुधार आउनुुको साथै वैदेशिक व्यापार घाटा कम गर्न मद्दत गर्छ एकातिर भने अर्कोतर्फ सर्वसाधरण जनताको आर्थिक उन्नति हुन्छ ।
सवै सुुविधायुुक्त क्षेत्रमा केन्द्रीत जनशक्ति पर्यटनको विकाससँगै नेपालमा विकट क्षेत्रमा पुनः व्यवस्थापन हुन्छन् । यसरी हरेक दृष्टिकोणवाट नेपालको विकास र अर्थतन्त्रलाई टेवा दिनसक्ने सम्भावना बोकेको र नेपालको मौलिक परिकार, नेपाली घरेलु उत्पादनको प्रयोग हुने क्षेत्र र सरकारले योजना बनाएर स्थानीयलाई आकर्षण गर्न सक्ने हो भने थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सक्ने क्षेत्र पर्यटन हो ।
यो पर्यटन विकासमा सरकारको नीति सरोकारवालाहरुको विज्ञता र निश्चित तोेकेका क्षेत्रहरुमा स्थानीयको सहभागिता आजको आवश्यकता देखिन्छ ।
यि माथिका आवश्यकताहरु पुुर्ति हुनेगरी व्यवहारिक रुपमा सस्कृति, पर्यटन तथा नगरिक उडययन मन्त्रालय, पर्यटन विभाग, सरोकार निकाय, आम नागरिकको सहभागिता ति सहभगिता भएका नागरिकको सीप, क्षमता र लगानीको सुुनिश्चिता, साथै पर्यटन क्षेत्रमा विदेशी लगानीकर्तालाई समेत लगानीको लागि वातावरण बनाएर नेपालको पर्यटन क्षेत्रवाट मनग्य आम्दानी लिन सकिन्छ ।
यस्तो सम्भावना भएको पर्यटन क्षेत्रलाई तत्कालीन नीति ल्याएर नेपालको अर्थतन्त्रमा देखिएको नकरात्मक सूूचाङकलाई सकरात्मक बनाउन सकिन्छ । यस्ता सम्भावना बोकेका क्षेत्रलाई ध्यान दिएर देशको अर्थतन्त्त सुधार गर्ने उपाय हुन सक्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend