logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायक तथा सर्जक मोतिराज खनालको तीज गीत बजारमा


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । गायक तथा सर्जक मोतिराज खनाल र सबिन खड्काको तीज गीत बजारमा आएको छ । निकै मार्मिक र मर्म स्पर्सि तिज गीत मोतिराज खनाल अफिसियल युटुवबाट बजारमा सार्वजनिक भएको छ ।



गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगित रहेको तिजगीत सम्झनाले हो पुरुष तर्फ लोकप्रिय गायक मोतिराज खनाल र इन्द्रेणी कार्यक्रममा चर्चित गायक छत्र शाही र महिला गायिका तर्फ लोकप्रिय गायिका भुमिका बयकले गीतलाइ मिठास पुर्ण तरिकाले प्रस्तुत गरेका छन ।

छाडा र उत्ताउला गीतले तिजलाइ नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला खनालले भने तिजको झल्को मेटिने गरी गाऊ घरमा आमा , हजुरआमा हरुले घन्काउने लोक भाकालाइ टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तिजगीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

म्युजिक भिडियोमा शिवजी क्षत्री र आरुशी मगरको नृत्यले दर्शकको मन जित्न सफल भएको छ । भने अभिनय तर्फ सबिन खड्का प्रदिप खड्का र स्मिति हमालको दमदार प्रस्तुतिले बेलाबेला दर्शकलालाई भावविहल बनाएको छ आमा नहुँदा तिजमा माइत जादा चेलीलाई कति पिडा हुन्छ भन्ने कुरा कलाकारहरुले गीत मार्फत प्रस्तुत गरेका छन ।

शिबजी क्षत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन । एरेन्ज मिक्सिङ र रेकर्डिस्ट रुबिन मगरको रहेको यो गीत मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतका सर्जक तथा गायक मोतिराज खनालका लोक भाकाहरु बजारमा दर्जनौ आइसकेका छन ।

गीत संगित क्षेत्रका होनहार ब्याक्तित्व खनाल लोक संगित क्षत्रमा कोशेढुङ्गा साबित भएका छन । यो क्षत्रको लागी इटा थप्ने काम गरेका छन । खनालका बजारमा आएका गीत मध्य जुनि जुनी सङ्गै बाचौला , ऋण बढेर दोब्बर भैसक्यो , लालीगुराँस फुल्यो मायालु , सङगै सुते लाग्छ गोडामा , सधै तमसा , यो सन्देश पठाइदेउ मेरी सानीलाइ , जम्काभेट , के जमाना आयो , पैसाको बिटो , मामा घर , छोरी माइती , आउ बस आडैमा , मिर्मिजालैमा क्या राम्री पुतली लगायत तमाम गीत आइसकेका छन ।

गीतको अलावा खनाल टेली सिरियलमा पनी आवद्ध छन , काउकुती , आलु , छिमेकी हुदै अहिले बाह्रमासे सिरियलमा खनाललाइ देख्न सकिन्छ । गीत कलाकारिता क्षेत्रमा निरन्तर लागेका खनाल मन्जरी डिजिटल रेकर्डिङ स्टुडियो पनि सथिहरुसँग मिलेर चलाएका छन ।

यस गीतका गायक खनाल , छत्र शाही र भुमिका बयक सङ्ग सम्झनाले हो छोरी गीतको प्रतिक्रिया कस्तो पाउनु भएको छ भन्ने पत्रकारको प्रश्न तिनै जनाले गितको प्रतिकृया राम्रो आएको र यो गीत सन्देश मुलक र मौलिक रहेको साथै गीतले हामीलाइ उर्जा मिलेको गीत सङ्गितमा अझ निरन्तर काम गर्न हौसला मिलेको बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend