logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

कृष्ण गौतम
जिन्दगी नै किताब हो पढ्दै जानू पर्छ
काढा माथी खुट्टा राखी बडदै जानू पर्छ
वसन्तमा पलाएका हरिया ती पातहरु
गृष्म ऋतु लागेपछि झर्दै जानू पर्छ ।।



सुख्खा यममा आफ्नो रुप लुकाएर पनि
बर्षा याममा दुबो जस्तै सर्दै जानू पर्छ
कहिले खोल्सा कहिले खोला सागरहरु पनि
पालैपालो पौडीएर तर्दै जानुपर्छ ।।

सगरमाथा चढ्न खोज्दा हरेस खानु हुन्न
निरन्तर कोशिसहरु गर्दै जानू पर्छ
लेखीएको हुन्न भाग्य आफैले नै बनाउने हो
रित्तिएका घैलाहरु भर्दै जानू पर्छ
सबै थोक प्रगति गर्ने यहि हो सहि बेला
बुढो हुइन्छ पालै पालो मर्दै जानू पर्छ ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend