logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोडल सरद एल-जि को अभिनय रहेको ‘गाजले’ बोलको गीत बजारमा


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका १२ जस्पुर गाउँमा जन्मेका मोडेल सरद एल-जि पछिलो समय निकै चर्चामा आएका छन् । बिगत केही बर्ष अघि चलचित्रहरुको गीतमा साइड (कोरस) डान्स गरेर संर्घष गर्दै आएका सरद अहिले मोडलिङ क्षेत्रमा निकै ब्यस्थ देखिन्छन् ।



पछिलो समय सरदको जुन गीत बजारमा आयो तेहि गीत दर्शक स्रोताहरुले निकै रुचाइदिएका छन् “ चल्यो बतास , (राजा रानी ) दमाइको छोरो , चोली मैलै जस्ता दर्जनौ गीतबाट चर्चामा आएका सरद अहिले महिला दिदी बहिनीहरुको माहान चार्ड तीज नजिकिएसँगै तीज गीतको सुटिङमा निकै ब्यस्थ छन् । यो बर्षको तीजमा उनी दर्जनौ गितहरुमा नृत्य गरिसकका छन भने कहि दिन अघि उनको गाजले बोलको गीत बजारमा सार्वजनिक भएको छ ।”

उक्त गीतमा चर्चित गायक अर्जुन सापकोटा र सबिता परियारको स्वर रहेको छ ,भने प्रलाद सुबेदीको शब्द ,अर्जुन सापकोटा आफैको संगीत रहेको छ । गीतमा काजी श्रेष्ठले भिडियो निर्देशन गरेका छन् भने अहिलेका चर्चित मोडल करिस्मा ढकाल र सरद एल- जिको अभिनय रहेको छ । करिस्मा र सरदको जोडीलाई पछिल्लो समय दर्शकले चलेटी जोडी भनेर पनि चिन्ने गर्दछन् । जसरी चल्यो बतास गीत धेरै दर्शकहरुले रुचाइदिएका थिए । तेसरी नै गाजले बोलको गीतलाई पनि दर्शकहरुले निकै रुचाइदिएका छन् । अहिले गाजले बोलको गीत युटुब ट्रेन्डिङमा पर्न सफल भएको छ ,भने टिकटक फेसबुकका पेज हरुमा गीत चर्चामा देखिन्छ अरु गीतको भिडियो भन्दा गाजले बोलको गीतको भिडियो फरक बनेको र आफुलाई केटा केटी दुबै रुपमा भिडियोमा देख्न सकिने मोडल सरद एल- जि जन आकाश मिडिया प्रा .लि का रिपोटर बिनोद कार्कीसँगको अन्तर्वार्तामा बताउँछन् ।

बास्तबमा उनको नाम सरद लाम्गादे रहेछ । नामको पछाडी एल -जि राख्दा धेरैजनाले रुचाइदिनु भएको र आफुलाई छोटकरीमा लेख्न पनि सहज भएसँगै गीत सङित छेत्रमा सोही सरद एल -जि नाम खापेकोले सरद एल-जि नाम चर्चामा छ । पैसाको लागि मैले यो क्षेत्र रोजेको हैन नाम सम्मानको लागि मात्र हो मेरो धन सम्पती भनेकै स्रोता दर्शकहरु हुन् मलाई धेरै मायाँ गरिदिनु होला मेरो आमा बुबाको ठुलो सपना छ छोरो मोडल भएर एक दिन देशलाई चिनाएको हेर्ने  म अझै मेहनत गर्ने छु हजुरहरुलाई मनोरञ्जन दिनाको लागि मेरो सास रहुनजेल सम्मा गीत संगीतमै लागि पर्नेछु सरद एल -जि जन आकाश मिडियासँग बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend