logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्व संस्कृत दिवस भव्य रुपमा मनाइयो


  • जन आकाश
  • बिहिबार, भाद्र १४ २०८०

काठमाडौँ । बिहीबार पद्मकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौँमा संस्कृत, पत्रकारिता र हिन्दी विभागको आयोजनामा विश्व संस्कृत दिवस भव्य रूपमा मनाइयो ।



विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । डा. सुबोध शुक्लाले स्वागत गरेपछि वक्ताहरू संस्कृत , पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, डा. काशीनाथ न्यौपाने, प्रा धनप्रसाद पण्डित, डा. सनतकुमार वस्ती , जापानबाट संस्कृत अध्ययन गर्न आउनुभएकी छात्रा युसेको मोतेकीलगायतले मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले संस्कृत भाषाको महत्त्व र मूलतः संस्कृत साहित्यको बारेमा समेत चर्चा गर्नुभएको थियो । संस्कृत साहित्यका महाकवि कालिदासको उपमा कौशल र संस्कृत काव्यशास्त्रीय परम्पराको समेत व्याख्या गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend