logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शाहरुख खानको चलचित्र ‘जवान’को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०८०

मुम्बई । बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित चलचित्र ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ ।



‘जवान’को ट्रेलरमा फ्यानहरू शाहरुखको अनुहारमा ब्यान्डेजले बेरिएको, घाइते तर अर्को ठूलो लडाइँका लागि तयार रहेको देखिन्छ । रोमान्टिक-स्टाइलिस-ड्यासिङ अनस्क्रिन नायक शाहरुखको यो डरलाग्दो अवतारले सिनेमा प्रेमीहरूलाई नयाँ स्वाद दिनेछ । ‘जवान’ को प्रिभ्युमा शाहरुखको लुकको निकै चर्चा भएको थियो । तर, अहिले ट्रेलरमा यी लुक्सका साथ एक्सनमा देखिनुभएका शाहरुख झनै उत्कृष्ट देखिनुहुन्छ ।

चलचित्रमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको मुख्य अभिनय रहेको छ । एटली कुमारले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउँदै छ ।

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend