logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दोश्रो राष्ट्रिय एक्टीभ ईन्टरटेनमेन्ट म्युजिक अवार्ड — २०८० सर्वोत्कृष्ट पाँच मनोनित घोषणा


  • जन आकाश
  • शनिबार, भाद्र १६ २०८०

काठमाडौं । दोश्रो राष्ट्रिय एक्टीभ ईन्टरटेनमेन्ट म्युजिक अवार्ड — २०८० सर्वोत्कृष्ट पाँच मनोनित घोषणा तथा प्रमाणपत्र बितरण कार्यक्रम गएको १० गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको छ ।



वरिष्ठ कलाकार तथा निर्देशक सुवास प्रसाद गजुरेलको प्रमुख आतिथ्य र एक्टीभ ईन्टरटेनमेन्ट प्रा.लि.का सन्चालक ,कलाकार तथा सर्जक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा वरिष्ठ गायक रामचन्द्र काफ्ले, वरिष्ठ गायक भिम मगर ,समाजसेवी राजु कार्की, चलचित्र हिड्दा हिड्दैका निर्माता तथा ईन्जिनियर विमल श्रेष्ठ,नव नायक विशाल श्रेष्ठ,वेलकम ईन्टरनेशनल प्रा.लि.का सन्चालक तथा समाजसेवी देवेन्द्र सारुमगर ,निर्देशक मिलन आलेमगर ,लोक दोहोरी गायक पि एन सापकोटा ,सृजनशिल अपाङ्ग पुनस्र्थापना केन्द्रको अध्यक्ष तथा समाजसेवी दुर्गा लम्साल लगायतको उपस्थिति रहेको थियो ।

सर्वोत्कृष्ट पाँच मनोनित घोषणा तथा प्रमाणपत्र बितरण कार्यक्रमलाई थप रोमान्चित बनाउन त्यस कार्यक्रममा उपस्थित गायक गाधिकाहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सञ्चारकर्मी डिबी पराजुलीले उत्कृष्ट ढंगवाट सञ्चालन गरी सपल तरिकाले सम्पन्न गरेका थिए ।

उक्त् अवार्डको फाईनल २०८० असोज १९ गते हुने आयोजकले बताएको छ । जसमा टप ५ मा पर्न सपल मध्यवाट उत्कृष्ट एकजनाले अवार्ड प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend