logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुजुकीको चाडपर्व लक्षित अफर नगद छुट, एक्सचेन्ज बोनस र बीमा निःशुल्कको सुविधा


  • जन आकाश
  • शनिबार, भाद्र १६ २०८०

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।



कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको हो । ग्राहकले सुजुकीको गाडी किन्दा एक लाख बराबरको नगद छुट पाउनुका साथै एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको सवारी बीमा निःशुल्कको सेवा पाउनेछन् ।

काठमाडौंमा भदौ २६ बाट सुरु हुने नाडा अटो शोको पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत नाडा अटो शोमा थप छुट समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । सुजुकीका विभिन्न मोडलका गाडीमा फरक–फरक छुटका शर्तहरु लागू हुने कम्पनीले बताएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भिनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend