जन आकाश
काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष पाँच हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ। सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सोकोन ९हाल सेरेस० एक सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ। साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढी गाडीहरु बेचिरहेको छ।
प्रतिबद्धता, नवीनता र उत्कृष्टताको अटुट प्रयास पछि सेरेस द्रुत गतिमा विस्तार हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ। विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी हुनु सेरेसलाई थप उचाईमा पुर्याएको छ। सोहि साझेदारी स्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकहरुलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ।
सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। ‘ड्राइभिङ’लाई थप पर्यावरण(मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
आउँदो २६ भाद्रबाट सुरु हुन गइरहेको नाडा अटो सोमा लन्च गर्ने भनिएको सेरेसलाई नेपालमा भने एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो। सेरेस ३ को टेस्ट९ड्राइव तथा अनुभवका लागि सेरेसको बुथमा ‘ए(६’ सम्पर्क गरी बिस्तृत जानकारी लिन सकिने कम्पनिले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend