logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा–३ नेपाली बजारमा


  • जन आकाश
  • शनिबार, भाद्र १६ २०८०

काठमाडौं । जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपालमा इलेक्ट्रिक–क्रसओभर ओरा–३ बिक्री सुरु गरेको छ । ओरा–३ को लागि गत जेठ बाट नै बुकिङ खुला गरेको थियो । त्यसैबेलादेखि रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले बताएको छ ।



प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर जस्ता आधुनिक सुविधाहरूले ओरा–३ लाई आकर्षक बनाएको कम्पनीले बताएको छ ।

ओरा–३ मा ४८ किलोवाटको ब्याट्रीको साथै ४०० किलोमिटर ड्राइभिङ्ग रेन्ज रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो कारमा सीक्स ओमनी डायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू रहेको कम्पनीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend