logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

केटिएम एक्स्चेञ्ज क्याम्पमा पुरानो मोटरसाइकललाई थप १५ हजार मूल्य दिने


  • जन आकाश
  • शनिबार, भाद्र १६ २०८०

काठमाडौं । केटिएम एक्स्चेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । यस्तो एक्सचेञ्ज क्याम्प भदौ १७ देखि २२ सम्म सञ्चालन हुने बताइएको छ ।



केटिएमको नक्सालस्थित शोरुममा एक्स्चेञ्ज क्याम्प सञ्चालन हुने छ । पुरानो बाईकको मूल्यांकनमा थप १५ हजार अतिरिक्त प्रदान गरेर नयाँ मोटरसाइकल उपलब्ध गराइने आयोजकले बताएको छ ।

त्यसबाहेक, नयाँ बाईक किन्नेका लागि ५० प्रतिशत डाउनपेमेण्ट गर्ने सुविधा रहेको कम्पनीले बताएको छ । नगदमै बाईक किन्नेहरुले पनि १० हजार छुट सुविधा पाउने र फाइनान्स सुबिधा लिनेका लागि पाँच हजार छुटको व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।

केटिएम मोटरबाइक जगदम्बा मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend